हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ का ११ जना महिलालाई ७ दिने मखमलको जुत्ता/चप्पल बनाउने तालिम आज देखि सुरु भएको छ । ९ नम्बर वडा स्तरीय महिला जागरण समुहको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको समन्वयमा तालिम सुरु भएको हो । उद्घाटन कार्यक्रम वडा नम्बर ९ को अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा समुहको अध्यक्ष लक्ष्मी धमलाको सभाध्यक्षतामा भएको छ ।
महिलालाई सक्षम बनाउन तालिम दिएको महिला जागरण समुहका सचिव मेनुका पराजुलिले जानकारी दिनुभयो । महिलाहरुले तालिम पश्चात् व्यवसाय तथा रोजगारीमुलक बनाउन सो तालिमको आयोजना गरिएको सचिव पराजुलिले बताउनुभयो । ७ दिने तालिममा रिजना प्रधानले प्रशिक्षण गरिरहनु भएको छ । तालिममा ११ जना महिलाहरुको सहभागिता रहेको छ । तालिम २७ गतेसम्म सञ्चान हुने उँहाले जानकारी दिनुभयो ।