हेटौंडाः नेपाली काँग्रेस मकवानपुरको जिल्ला कार्यसमितिको दोस्रो बैठक आईतबार बसेको छ । बैठकले कोषाध्यक्षसहित, कार्यसम्पादन समिति, संसदीय समिति र दुईवटा विभागको संयोजक मनोनित गरेको छ ।
जिल्ला सभापति बुद्ध लामाको सभापतित्वमा बसेको दोश्रो जिल्ला कार्यसमिति बैठकले कोषाध्यक्षमा होमनाथ गौतमलाई मनोनित गरेको छ । त्यसैगरी बैठकले पदाधिकारीसहित १३ सदस्यीय जिल्ला संसदीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सभापति बुद्ध लामा, उपसभापतिद्वय आनन्द कठायत र धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत र ईश्वर पाठक, सहसचिवद्वय ईन्दिरा न्यौपाने र ताराचन्द्र बजगाई, कोषाध्यक्ष होमनाथ गौतम र सदस्यहरुमा प्रभातकुमार दाहाल, आनन्दराम पराजुली, रामबाबु बानियाँ, गोपीलाल विश्वकर्मा र खेमबहादुर प्रजा रहेका छन् ।
त्यस्तै, बैठकले ८ पदाधिकारीसहित २८ सदस्यीय जिल्ला कार्यसम्पादन समिति मनोनित गरेको छ । समितिको सदस्यहरुमा प्रभातकुमार दाहाल, आनन्दराम पराजुली, गोपीलाल विश्वकर्मा, रामबाबु बानियाँ, अर्जुन तिवारी, मोमलाल दोङ, अर्जुनप्रसाद चौलागाई, ताराकुमारी राई कार्की रहनुभएको छ ।
यसैगरी, सदस्यहरुमा कालु घलान, भुवनलाल श्रेष्ठ, शर्मिला श्रेष्ठ, ईन्द्रकुमार बर्तौला, डम्बरबहादुर विक, खेमबहादुर प्रजा, प्रमिला खतिवडा, राजकुमार गोले, सोममाया मोक्तान, कृति ग्यालन, गोपी बल लामा र नवराज लामा मनोनित हुनुभएको छ ।
बैठकले संगठन र युवा तथा खेलकुद विभाग समेत गठन गरेको छ । संगठन विभागमा शैलेन्द्रराज बानियाँ युवा तथा खेलकुद विभागमा अर्जुन तिवारीलाई मनोनित गरेको छ ।










