तस्बीरः गुगल ।

हेटौंडाः हेटौंडामा खुल्ला नकआउट ७ “ए” साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुरको आयोजनामा बुधबारबाट प्रतियोगिता हुने भएको हो ।

हेटौडा–४ स्थित हुप्र चौरमा हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ तथा द्वितीय हुने टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने टोलीको मंगलबार टुङ्गो लाग्ने उहाँले बताउनुभयो । प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । महासंघको आयोजनामा चैत २४ गतेदेखि २६ गतेसम्म अन्तरपालिका भलिबल प्रतियोगिता सञ्चालन गरिने उहाँले बताउनुभयो ।