खुसीयाली मनाउँदै खेलाडीहरु ।


हेटौंडाः हेटौंडाको पिप्ले युवा क्लबले विजय उत्सव मनाएको छ । सर्लाहीको बागमती नगरपालिकामा भएको राजर्षि जनक कपको उपाधी जितेको अवसरमा पिप्लेले विजय उत्सव मनाएको हो ।

हेटौंडा–५ स्थित पिप्लेचोकबाट सुरु भएको विजय र्‍यालीले हेटौंडा बजारको बुद्धचोक, सिमाचोक, फरेष्ट्री गेट हुँदै पुनः पिप्ले क्याम्पा रंगशालामा पुगेर खुसियाली मनाएका छन् । विजय उत्सवमा हेटौंंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, पिप्ले युवा क्लबका पुर्व अध्यक्ष एवम हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँ, क्लबका अध्यक्ष सुशील घिमिरे, जिल्ला खेलकुद विकास समिति मकवानपुुरका अध्यक्ष भेष खड्गी लगायत सहभागी थिए । आईतबार राजर्षि गोल्डकपको फाइनल खेलमा ‘ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबलाई हराउँदै पिप्लेले छैठौं राजर्षि गोल्डकपको उपाधि जितेको थियो । साविक विजेता पिप्लेले सडन डेथमा मच्छिन्द्रलाई पराजित गरेको थियो । उपाधिसँगै पिप्ले युवा क्लबले नगद १० लाख रुपैयाँ हात पारेको थियो ।