हेटौंडाः मकवानपुरका मुक्तककार डीबी बर्तौलाको “पसिनाको आभा” (दोस्रो मुक्तक संग्रह)-२०७८ विमोचन एवम् विमर्श हुने भएको छ । शनिबार सर्जक सञ्जाल मकवानपुरको आयोजनामा बर्तौलाको पसिनाको आभा मुक्तक संग्रह विमोचन हुने भएको हो ।
दोस्रो मुक्तक संग्रहमा एक सय २६ वटा मुक्तक रहेका छन् । बर्तौलाको “आगतको आँगनी”-२०७५ पहिलो मुक्तक संग्रह हो । डीबी बर्तौला २०४४ जन्मनुभएका नेपाली साहित्यिक लेखनमा क्रियाशील युवा सर्जक हुनुहुन्छ ।
गजल, मुक्तक, हाइकु, कविता, गीत, निबन्ध, समीक्षा लगायत लेखनमा बर्तौला सक्रिय हुनुहुन्छ । बर्तौला आफ्ना सिर्जनामा विभेदरहित उज्यालो समाज निर्माणको तीव्र रुपमा इच्छा गरिने लेखक रहेको सुवास खनालले बताउनुभयो ।