तस्बीरः गुगल ।

हेटौंडाः सर्लाही जिल्लाको बागमती नगरपालिकामा जारी छैठौं संस्करणको राजर्षी जनक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज मकवानपुरको पिप्ले युवा क्लब र ‘ए’ डिभिजन क्लब मछिन्द्र क्लब भिड्दैछन् । आज दुवै टोली उपाधी हात पार्ने योजनासहित मैदान उत्रनेछन् ।

प्रतियोगिताको साविक विजेता पिप्ले र मछिन्द्र बीचको खेल अहिले २ बजे हुने जनाइएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा सुदुरपश्चिमलाई हराउँदै मछिन्द्रले फाइनलमा पिप्लेको भेट पक्का गरेको हो भने बिहीबार भएको पहिलो सेमीफाइनल खेलमा आयोजक बागमती युवा क्लबलाई पेनाल्टीमा ४–२ गोलअन्तरले पराजित गर्दै पिप्ले फाइनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्नेछन् ।