कार्यक्रममा सहभागीहरु ।

हेटौंडाः स्थानीय तहका शिक्षा अधिकृतहरुको क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ । शिक्षा योजना, विद्यालय सुधार योजना, एकीकृत पाठ्यक्रम अवधारणा, शिक्षकको पेसागत विकास र कार्यसम्पादन मूल्यांकन तथा अभ्यासको जानकारीबारे सहजीकरण भएका छन् । यसैगरी अन्तिम दिन मंगलबार एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धमा भएका अभ्यासहरु र त्यसमा देखिएका द्विविधाहरुको निराकरणका लागि छलफल तथा अन्र्तक्रिया कार्यक्रम भएको शिक्षा विकास समन्वय ईकाइ मकवानपुरका प्रमूख दिनानाथ गौतमले बताउनुभयो ।

मकवानपुरका १० पालिकामा कार्यरत शिक्षा प्रमूख, अधिकृत, स्रोत शिक्षक गरी २० जनाको तालिममा सहभागीता रहको थियो । तालिममा शिक्षा विकास समन्वय ईकाइ मकवानपुरका प्रमूख दिनानाथ गौतम, ईकाइका अधिकृत कृष्ण पौडेल, शिक्षा विकास महाशाखा हेटौंडाका प्रमूख गंगाधर रिमाल, थाहानगरपालिकाका शिक्षा शाखा अधिकृत शोभाकर रेग्मी र एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणालीका होम नेपालीले सहजीकरण गर्नुभएको थियो ।

सहभागीहरुले स्थानीय तहमा गरिएका अभ्यासहरु, कठिनाई र विभिन्न पालिकाले गरेका कामहरुको जानकारी समेत गरिएको गौतमले जानकारी दिनुभयो । शिक्षा विकास समन्वय इकाई मकवानपुरको आयोजनामा भएको आइतबारदेखि भएको ३ दिने शिक्षा अधिकृतको क्षमता अभिवृद्वि तालिम मंगलबार समापण भएको हो ।