हेटौंडाः बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक बजेट मूल्यांकन प्रतिवेदन सार्वजनिक गरिएको छ । आज मंगलबार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले चालु आर्थिक वर्षको कूल विनियोजित ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ मध्ये चालु आर्थिक वर्षको ६ महिनामा ८ अर्ब ७४ करोड ६४ लाख ९० हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । जुन कूल बजेटको १५ दशमलब १५ प्रतिशत मात्र हुन आउँछ । यस्तै, कुल खर्र्चमध्ये चालुतर्फ ५ अर्ब २ करोड १६ लाख ३३ हजार रुपैयाँ विनियोजित रकमको १९ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षमाा सघीय सरकारबाट सशर्त, समानीकरण, समपुरक र विशेष अनुदानबाट कुुल समिक्षातर्फ ९ अर्ब ४८ करोड १९ लाख ९५ हजार रुपैयाँ प्राप्त भएको जनाइएको छ ।