आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल । फाइल तस्वीर ।

हेटौंडाः बागमती प्रदेश सरकारको मुख्यमन्त्री र मन्त्रीहरुले अवैतनिक विज्ञ र सल्लाहकार राख्न पाउने भएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले अवैतनिक विज्ञ तथा सल्लाहकार नियुक्ति गर्ने कार्यविधि पारित गर्ने निर्णय गरेसँगै अवैतनिक विज्ञ र सल्लाहकार राख्ने बाटो खुलेको हो । मुख्यमन्त्री र मन्त्रीहरुले नै विज्ञ र सल्लाहकार आवश्यक भएको भनी चर्चा भइरहेकोले कार्यविधि नै बनाइएको बागमती प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले जानकारी दिनुभएको छ ।