पुनस्र्थापना केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरिँदै ।

हेटौंडाः लागुऔषध दुव्र्यसनहरुको पुनस्र्थापना कार्य गर्दै आएको विज्डम ट्रिटमेन्ट एण्ड रिह्याविलिटेसन सेन्टरलाई वाटर डिस्पेन्सर सहयोग गरिएको छ । हेटौंडा–११ स्थित पुनस्र्थापना केन्द्रमै पुगेर सचेत नागरिक युवा समूह मकवानपुरका पदाधिकारीले बिहीबार वाटर डिस्पेन्सर सहयोग गरेको हो । विद्युत जडित डिस्पेन्सरको उपलब्धताले पुनस्र्थापना केन्द्रले तातो–चिसो पानी पिउन सहज हुनेछ ।

सचेत नागरिक युवा समूह मकवानपुरका अध्यक्ष शिवनारायण श्रेष्ठले पुनस्र्थापना केन्द्रका प्रबन्धक राजु मुस्कानलाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा सचेत नागरिक युवा समूह मकवानपुरका सल्लाहकार गणेश श्रेष्ठ, अनल श्रेष्ठ, उपाध्यक्ष शर्मिला श्रेष्ठको पनि उपस्थिति रहेको सदस्य प्रदीप कँडेलले जानकारी दिनुभएको छ । सचेत नागरिक युवा समूह मकवानपुरले नागरिक सरोकारका मुद्दामा सरोकारवाला निकायलाई जिम्मेवार हुन सचेत गराउँदै आएको छ भने समुदायमा पुस्तकालय स्थापना, कोभिड–१९ संक्रमण तीव्र भएका बेला विपन्न परिवारलाई खाद्यान्न वितरणको कार्य समेत गरेको थियो ।