हेटौंडाः मकवानपुरमा बुधवार पाँच जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको छ । २५ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा तीन जनामा र १६ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा सबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १७ हजार ८ सय २ जना पुगेको छ । जिल्लामा यसै अवधिमा १९ जनाले कोरोनालाई जितेका छन् । जिल्लामा हाल ५५ जना कोरोना संक्रमणका सक्रिय संक्रमित उपचाररत छन् ।