हेटौंडाः मकवानपुरमा बुधबार १८ जनाको मात्र स्वाब संकलन भएको छ । हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा ७ जना महिला र ११ जना पुरुषको मात्र स्वाब संकलन भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।
मकवानपुर तामाङ समुदायको बहुल्य क्षेत्र रहेको छ । तामाङ सामुदायको मुख्य पर्व सोनाम ल्होछारका कारणले मानिसहरु स्वाब परीक्षणका लागि कम संख्यामा आएको उहाँको भनाइ छ । यसैगरी सार्वजनिक बिदा समेत परेकोले स्वाब संकलन गरिँदैन कि भन्ने भएर पनि स्वाब दिन आउनेको संख्या कम भएको हुन सक्ने चौलागाईले बताउनुभयो । संकलित स्वाब नमुना परीक्षणका लागि हेटौंडा अस्पतालको पिसीआर परीक्षण ल्यावमा पठाइन्छ ।