सांकेतिक तस्वीर ।

हेटौंडाः मकवानपुरमा मंगलबार थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दैनिकरुपमा सार्वजनिक गर्दै आएको विवरणअनुसार पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ३१ जनाको परीक्षण गर्दा २३ जनामा र एन्टिजेन विधिबाट ३ सय ६५ जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

अहिले मकवानपुर जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ५५ जना पुगेको छ । जसमध्ये घरमै आइसोलेसनमा ४ सय ४५ जना र संस्थागत आइसोलेसनमा १० उपचाररत रहेका छन् । यसै अवधिमा १ सय ६६ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण कारण १ जनाको ज्यान गएको छ र हालसम्म ज्यान गुमाउनेको संख्या १ सय ७१ जना पुगेको छ ।