हेटौंडाः बागमती प्रदेशसभाको अर्थ तथा विकास समितिको सभापतिमा नारायणबहादुर सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा केशवप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचन प्रक्रियाबाट सिलवाल र पोखरेल निर्विरोध सभापति निर्वाचित हुनुभएको हो ।
दुवै समितिका ज्येष्ठ सदस्यले बैठकमा सभापति निर्वाचित भएको घोषणा गर्नुभएको हो । समितिका सदस्यहरुले नै मतदान गर्ने व्यवस्थाअनुसार निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकातर्फबाट एकल उम्मेदवारी परेपछि दुवै समितिको सभापतिमा निर्विरोध निर्वाचित गरिएको हो । बागमती प्रदेश सभाको अर्थ तथा विकास समिति गत बैशाखदेखि रिक्त रहेको थियो भने शिक्षा, स्वास्थ्य तथा कृषी समिति केहि दिन अघिदेखि रिक्त रहेको थियो ।