मकवानपुरगढीमा व्याडमिन्टन कभर्ड हलको सिलान्यास गर्नुहुँदै मन्त्री ढकाल ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ मा व्याडमिन्टन कभर्ड हल बन्ने भएको छ । कभर्ड हल निर्माणका लागि बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले सोमबार बिहान सिलान्यास गर्नुभएको छ ।

साढे १७ लाख रुपैयाँ लागत अनुमानसहित निर्माण कार्य सुरु गरिएको व्याडमिन्टन कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष हेमबहादुर योञ्जनले जानकारी दिनुभयो । कभर्ड हल निर्माणका लागि मकवानपुरगढी गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । केही बजेट प्रदेश सरकारबाट पनि प्राप्त हुने आश्वासन पाएको उपभोक्ता समितिका अध्यक्ष योञ्जनले जानकारी दिनुभएको छ । स्थानीय प्रतिभा युवा क्लबका अध्यक्ष समेत रहनुभएका योञ्जनले युवा पुस्तालाई खेलकुदका गतिविधिमा सहभागी गराउन कभर्ड हल निर्माणको योजना बनाइएको जानकारी दिनुभयो ।