कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान ।

हेटौंडाः तामाङ पत्रकार संघ मकवानपुरले २८५८ ताक लो (बाघ बर्ग) सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । सोमबार बिहान नेपाल पत्रकार महासङ्घ मकवानपुरको सभाहलमा कार्यक्रमको आयोजना गरेको हो ।

तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा रहेको थियो ।

कार्यक्रममा बागमती प्रदेश तामाङ घेदुङ सङ्घका अध्यक्ष लिला कुमार घलान, नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचारप्रसार प्रमुख कमान सिंह पाख्रिन, हेटौंडा–१२ का वडा अध्यक्ष ललित घलान, मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष सानु लामा दोङ, नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम लगायतको उपस्तिथि रहेको थियो ।