सांकेतिक तस्बिर ।


हेटौंडाः मकवानपुरमा आज सोमबार ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दैनिकरुपमा सार्वजनिक गर्दै आएको विवरणअनुसार पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ४१ जनाको परीक्षण गर्दा ३१ जनामा र एन्टिजेन विधिबाट ६३ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ५ सय ९ जना रहेका छन् । जसमध्ये होमआइसोलेसनमा ५ सय ६८ जना र संस्थागत आइसोलेसनमा ९ उपचाररत रहेका छन् । यसै अवधिमा जिल्लामा १ सय ६६ जना कोरोनामुक्त भएका छन् ।