हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाले ल्होछार पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले माघ १८, १९ र २० गते तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाले जानकारी दिएको छ । सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाले बिदा दिने निर्णयसम्बन्धी जानकारी गराएको छ ।