प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै ।

हेटौंडाः स्थानीय तहलाई अविछिन्न रुपमा कायम राख्न चुनावको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ध्यानाकर्षण गराएको छ । अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीले सोमबार बिहान मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै आगामी बैशाखमै स्थानीय तहको निर्वाचन गर्न माग समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ध्यानकर्षणपत्र ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई बुझाइएको ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचन समयमै गर्नका लागि संघीय सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीका अध्यक्ष विशाल पौडेलले ध्यानाकर्षणपत्र प्रमुख जिल्ला अधिकारी पाण्डेलाई हस्तान्तरण गर्नुभएको छ ।