· श्वास क्रिया र मन को सम्बन्धः हाम्रा विचार एउटा स्पन्दन हो । जब हामी लामो विचार गर्छौँ । त्यस बेला हाम्रो श्वास पनि लामो हुन्छ । जब रिसको आँधी बेहेरीले मन हल्लाएको हुन्छ, श्वास पनि अस्तव्यस्त हुन्छ । यसकै विपरित, मन आत्मा शान्त र आराममा हुन्छ त्यस समय श्वास प्रक्रिया विस्तारै चलेको देखिन्छ । तपाईले एउटा प्रयोग गरेर देख्नुस, शान्त दिमागले लामो चिन्तन गर्दा शीघ्र गतिले श्वास फेर्नुस, असम्भव लाग्छ ।
· भावनात्मक उत्तेजनामा श्वास को अवस्था सन्तुलित मनको साथमा धीमो, गहिरो र नियमीत श्वासक्रिय रहन्छ । अशान्त मनले मुटुको धड़कन बढाउन्छ, श्वासप्रश्वासको गति बढाएर बनाइ दिन्छ । एक्कासी भावनात्मक विचलनको समयमा श्वास सानो, उथलो र अस्तव्यस्त भएको हामीले अनुभव गरेकै होला । चिठी लेख्दा वा साक्षात्कार (इन्टर भ्यू) दिँदा जस्तो तनावपूर्ण अवस्थामा पनि यस्तै हुन्छ । छिटो श्वास लिनेवेला मनका क्रियाकलाप हरु रोकिन्छन् । स्कुल पढ्ने बच्चालाई लामो दौड सकिएपछि तुरुन्तै कनै गणितको समस्या समाधान गर्न भनेपछि उसले भन्छ, “एकछिन पर्खनुस्, श्वास सामान्य हुन दिनुस ।”
· प्राणिन्द्रिय के हो ? योगविज्ञान अनुसार यस्तो हुनुको कारण प्राणिन्द्रियको सक्रियता हो । हाम्रो अनाहतचक्र (छातीको बीचमा रहेका) मानसिक शक्ति केन्द्र हो । प्राणिन्द्रिय निरन्तर बगिन्दै आकुन्चन–प्रसारण (खुम्चिने– फैलिने) स्पन्दनहरुको समाहार हो ।यस प्राणिन्द्रियको तालमा शरीरका सूक्ष्म ऊर्जा प्रवाहहरु सधैँ बग्दछन् । जन प्राणिन्द्रिय गतिशील वा प्रसारित अवस्थामा हुन्छ, तब यी सूक्ष्म ऊर्जा स्रोतहरु पनि सक्रिय हुन्छन्, परिणामत बाह्य जगतका संवेदनहरु नसनाडीहरुद्वारा मस्तिष्क तर्फ लैजाने कठिन हुन्छ र विषय ग्रहण वा बुझ्न गाह्रो लाग्छ । जब प्राणिन्द्रिय आराम मा हुन्छ, त्यसबेला ऊर्जा प्रवाह पनि शान्त भएर ग्रहणशीलताको अवस्थामा हुन्छ । यसै कारण बाहिरका स्पन्दनहरु मनमा सटिक रूपले चिन्हित्त हुन्छन, जस्तो शान्त जलाशय मा प्रतिविम्ब !
● प्राणिन्द्रिय र श्वसन क्रियाको सम्बन्ध अति नजिकको छ । योगविज्ञान अनुसार श्वास क्रियाका चारवटा अवस्था छन– पूरक (श्वास भित्र लिने), अन्तः कुम्भक (श्वास भित्र रोकिने), रचक (श्वास बाहिर छोड़ने ) र बहिरकुम्भक (श्वास बाहिर रोकिने) । पूरक र रेचकको समय प्राणिन्द्रिय गतिशील हुन्छ र कुम्भक (पूर्ण वा शुन्य)को समयमा प्राणिन्द्रिय विश्रामको स्थितिमा हुन्छ ।
● प्राणिन्द्रिय र मनको एकाग्रता– तेज र अनियमित श्वास क्रियाको समय प्राणिन्द्रिय अतिक्रियाशील हुन्छ र आरामको अवधि सानो हुन्छ, यसैकारण ग्रहणशीलता अस्पष्ट रहेर मन विचलित रहन्छ । जब श्वास क्रिया गहिरो, विस्तार र नियमीत हुन्छ, आराम को काल लामो भएर प्राणिन्द्रिय शान्त हुनाले ग्रहणशक्ति र मनको एकाग्रता बढेको हुन्छ । ध्यानको गहिरो एकाग्र अवस्थामा श्वास प्रश्वास क्रिया विस्तारै कम भएको अनुभव हुन्छ । यदि त्यो समय हो जब विश्वमन वा परमात्माको अनन्त शक्ति, प्रकाश र आनन्द को अनुभूति साधकले गरेर, सर्वज्ञता प्राप्त गर्छ ।