जेसीआई बसामाडीको वर्ष २०२२ का लागि निर्वाचित अध्यक्ष र पदाधिकारीहरु ।

हेटौंडाः जेसीआई बसामाडीको वर्ष २०२२ को अध्यक्षमा चिराग अग्रवाल सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबार हेटौंडामा भएको साधारणसभाबाट अग्रवाल सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

यस्तै कार्यकारिणी उपाध्यक्षमा सुरज डंगोल र सरोज पौडेल चयन हुँदा उपाध्यक्षमा मनिष घिमिरे, विजय कार्की, असिम ढुंगाना र अनिल भण्डारी सर्वसम्मत चयन हुनुभएको छ ।