शनिबार बिहान पतंजली योग बागमती प्रदेश समितिको वार्षिक सभाको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः पतंजली योग जिल्ला कार्यसमितिको अध्यक्षमा रामकृष्ण थापा निर्वाचित हुनुभएको छ । शनिबार भएको साधारणसभाले थापाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय समिति चयन गरेको छ । पतंजली योग जिल्ला कार्यसमितिका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

साधारणसभाबाट शशिकला थापाको अध्यक्षतामा २९ सदस्यीय महिला पतंजली योग जिल्ला समिति र राजु अधिकारीको अध्यक्षतामा ११ सदस्यीय युवा पतंजली योग जिल्ला समिति चयन गरिएको छ । शनिबार नै अक्कलसिं लामाको अध्यक्षतामा १५ सदस्यीय हेटौंडा उपमहानगर समिति र सिताराम दाहालको अध्यक्षतामा ११ सदस्यीय बकैया गाउँपालिका समिति चयन गरिएको छ ।

मकवानपुर जिल्लामा ४ सय भन्दा बढी संख्यामा तालिम प्राप्त योग शिक्षक रहेको र एक सय भन्दा बढीको संख्यामा योग शिक्षक सक्रिय छन् । पतंजली योग जिल्ला समिति मकवानपुरको अग्रसरतामै मकवानपुरका ४ स्थानमा नियमित योग अभ्यास भइरहेको अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभएको छ ।

यसैगरी पतंजली योग बागमती प्रदेश समितिको तेस्रो वार्षिकसभा शनिबार हेटौंडामा भएको छ । बागमती प्रदेश समितिका अध्यक्ष ग्रोवेन तौजलेको अध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा प्रदेश समितिको वार्षिक सभा भएको हो । वार्षिक सभामा बागमती प्रदेशका १३ वटै जिल्लाका योग समिति, महिला तथा युवा समितिका अध्यक्ष तथा प्रतिनिधिले आफ्ना गतिविधिबारे जानकारी गराएका थिए । प्रदेश समितिको वार्षिक सभामा केन्द्रीय प्रभारी लवदेवको पनि उपस्थिति रहेको थियो ।