
हेटौंडाः हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले हेटौंडा–५ मा निर्माणाधिन क्याम्पा रंगशालाका लागि ५ लाख रुपैयाँ सहयोग गर्नुहुने भएको छ । पिप्ले युवा क्लबको अगुवाईमा निर्माणाधिन क्याम्पा रंगशालाको सोमबार अवलोकन गर्नुहुँदै जोशीले सहयोगको घोषणा गर्नुभएको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो ।
क्याम्पा रंगशालामा ३ हजार ५ सय दर्शक क्षमताको आरसीसी प्यारापिट तथा २ हजार दर्शक क्षमताको फलामे ट्रसको प्यारापिट बनाइँदै छ । स्थानीय सरकार, विभिन्न संघ, संस्था र व्यक्तिको सहयोगमा नागरिकस्तरबाट निर्माणाधिन रंगशालाका लागि नियमितजसो सहयोग प्राप्त भइरहेको क्लबका अध्यक्ष घिमिरेले बताउनुएको छ ।
जोशीले उपलब्ध गराउनुहुने रकमबाट फलामे ट्रसको प्यारापिट नै निर्माण गरिने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । सोमबार आफैं आई निर्माणाधिन प्यारापिटको अवलोकनपछि जोशीले सहयोगको घोषणा गर्नुभएको हो ।










