हेटौंडाः बागमती प्रदेशमा ३ मन्त्री र ३ राज्यमन्त्री थपिएका छन् । शुक्रबार बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेसबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मिलन बाबु श्रेष्ठ, संस्कृती तथा पर्यटन मन्त्रीमा दिपेन्द्र श्रेष्ठ नियुक्त हुनुभएको छ ।

उनीहरुले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट संविधानको धारा १७२ अनुसार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । यस्तै कांग्रेसबाट भौतिक पूर्वाका विकास मन्त्रालयको राज्यमन्त्रीमा सन्त बहादुर प्रजा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको राज्यमन्त्रीमा रजनी अमात्य जोन्छे र कल्पना नेपाली स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका छन् । उनीहरुले मुख्यमन्त्री राजेन्द्र पाण्डेबाट संविधानको धारा १७२ अनुसरा पद तथा गोपनियाताको शपथ लिनुभएको छ ।

योसहित बागमती प्रदेशमा १४ जना फुल मन्त्री बनेका छन् । यस्तै ४ जना राज्यमन्त्री पुगेका छन् । बागमती प्रदेशमा १८ सदस्यीय जम्बो मन्त्रीपरिषद् निर्माण भएको छ ।