कमल फुँयाल

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माविको प्रधानाध्यापकमा कमल फुँयाल नियुक्त हुनुभएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिले फुँयाललाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि प्रधानाध्यापक बालकृष्ण श्रेष्ठले राजिनामा दिनुभएपछि फुँयाललाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय व्यवस्थापन समितिले गरेको हो । चण्डिका माविमा १२ कक्षासम्म पठनपाठन हुन्छ ।