हेटौंडाः आज दिउँसो २ बजे बस्ने बागमती प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष दल एमालेले बहिस्कार गर्ने भएको छ । बुधबार संसदमा एमालेले मागेको जवाफ चित्तबुझ्दो गरी नदिएसम्म बैठक चल्ने नदिने एमाले प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिनुभयो । एमालेले बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ८ मन्त्रालयलाई बढाएर १४ पु¥याएको र आफ्नो पार्टी कमिटी गठन गरेर नआएर बजेट नदिने अभिव्यक्तिको औचित्य पुष्टि गर्न चुनौती दिएको थियो ।
यसअघि आज बिहान ११ बजे बसेको बामगती प्रदेश सभा बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बसेको प्रदेश सभा बैठकमा एमालेका सांसदहरुले उठेर विरोध जनाएसँगै सभामुख सानुकुमार श्रेष्ठले अनिश्चिकालको लागि बैठक स्थगित गर्नुभएको थियो । बैठकमा उच्च शिक्षा सम्बन्धी विधेयकको दफाबार छलफल गर्न लाग्दा एमालेको सांसदहरुले उठेर विरोध जनाएका थिए ।