फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरमा बिहिबार छ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २६ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा पाँच जनामा र आठ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपलिकाका चार जना रहेका छन् । यस्तै थाहा नगरपालिका र बागमती गाउँपालिकाका समान एक–एक जनामा संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ५ सय ५१ जना पुगेको छ ।

जिल्लामा हाल ३९ जना कोरोना संक्रमणका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३८ जना होम आइसोलेसनमा र एक जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । यस्तै अवधिमा दुई जनाले कोरोनालाई जितेका छन् । होम आइसोलेसन बस्ने दुई जनाले कोरोना जितेका हुन् ।