राक्सिराङ गाउँपालिकाले जारी गरेको विदा सम्बन्धी निर्णयको सूचना ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसको अवसरमा भन्दै क्रिसमसको अघिल्लो दिन नै विदा दिने निर्णय गरेको छ । यस वर्षको क्रिसमस पुस १० गते शनिबार परेको छ । गाउँपालिकाले भने पुस ९ गते शुक्रबार नै क्रिसमसको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

बुधबार गाउँपालिकाले बिदासम्बन्धी निर्णयको जानकारी गराएको छ । चेपाङ जातिको बाहुल्य रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा क्रिष्चियन धर्म परिवर्तन गर्ने क्रम व्यापक छ ।