हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टले विद्यार्थीबीच आयोजना गरेको चित्रकला प्रतियोगितामा युनिषा सुनारको चित्र सर्वोत्कृष्ट घोषित भएको छ । सोमबार र मंगलबार दुई दिवसीय चित्रकला प्रदर्शनीपछि चित्रकार जीवन केसी र ऋषि केबीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
युनिषाले बनाएको स्वयम्भुनाथको चित्र सर्वोत्कृष्ट घोषित हुँदै नगदसहित चित्रकलाका सामग्री उपहारस्वरुप प्राप्त गरेकी छन् । यस्तै अंशु भारती, शितल थापा मगर, निशान पुलामी र समीक्षा सुवेदीका चित्र उत्कृष्ट घोषित हुँदै नगदसहित चित्रकलाका सामग्री उपहारस्वरुप प्राप्त गरेका छन् । प्रतियोगितामा ३८ जना विद्यार्थीको सहभागिता रहेको थियो ।