हेटौंडाः बागमती प्रदेश लोकसेवा आयोगको कार्यालयका निमित्त सचिव भोला दाहाललाई विदाई गरिएको छ । सहसचिवमा बढुवा हुनु भई आदिवासी जनजाति आयोगको सचिवमा पदस्थापित हुनुभएका दाहाललाई मंगलबार बागमती प्रदेश लोकसेवा आयोगको कार्यालयले विदाई गरेको हो ।

बागमती प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन गरेपछि पहिलो निमित्त सचिवको रुपमा २०७६ साल मंसिर २ गते दाहालले जिम्मेवारी सम्हाल्नु भएको थियो । प्रदेश लोकसेवा आयोगको प्रमुखमा रामकृष्ण अधिकारी आउनुहुने आयोगका अधिकृत देवनारायण चौधरीले जानकारी दिनुभएको छ ।

हसचिवमा बढुवा भई नयाँ कार्यालयमा पदस्थापित हुन लाग्नुभएका दाहाललाई बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, सदस्य सुदर्शन ढकाल र शर्मिला नेउपानेले विदाई गर्नुभयो ।