सर्वसम्मत निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरु ।

हेटौंडाः मकवानपुर फर्निचर व्यवसायी संघको नयाँ समिति सर्वसम्मत चयन भएको छ । शनिबार हेटौंडामा भएको साधारणसभा तथा अधिवेशनले ३ बर्षे कार्यकालका लागि कृष्णप्रसाद अर्यालको अध्यक्षतामा नया“ समिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनबाट संघको उपाध्यक्षमा भरतप्रसाद ढकाल, सचिवमा सुष्मा लटौला, कोषाध्यक्ष हरिकुमार शर्मा, सदस्यमा रामपुकार ठाकुर, सरोज अधिकारी, सुवोध जंग थापा, अनिताकुमारी ठाकुर, अर्जुनबहादुर श्रेष्ठ चयन हुनुभएको निर्वाचत अधिकृत अधिवक्ता मुकुन्दप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।

निर्वाचत प्रक्रियाअघि साधारणसभाको उद्घाटन कार्यक्रम संघका निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षता तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष रामप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो ।