हेटौंडाः हेटौंडा–४ स्थित हरियाली टोल विकास संस्थाको अध्यक्षमा राजु अर्याल चयन हुनुभएको छ । शनिबार भएको साधारणसभाले अर्यालको अध्यक्षतामा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गंगा दाहाल, सचिवमा सुरेश श्रेष्ठ, कोषाध्यक्षमा मौसमी श्रेष्ठ, सहसचिवमा तारा सिम्खडा, सदस्यमा ज्वाला रेग्मी र सलमान अन्सारी चयन हुनुभएको छ । संस्थाकी अध्यक्ष गीता रेग्मीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
नवनिर्वाचित समितिले टोल विकास संस्थालाई व्यवस्थित गर्दै टोलको भौतिक, सामाजिक, आर्थिक एवम् सामाजिक विकासमा स्थानीय सरकारसँग सहकार्य गर्ने जनाएको छ ।