हेटौंडाः मकवानपुरको प्रदेश सभा क्षेत्र नम्बर १ ख सभापतिमा राजेश बानियाँ निर्वाचित भएका छन् । बानियाँ हेटौंडा–५ का निर्वाचित वडा अध्यक्ष समेत हुन् । भर्खरै सकिएको मतपरिणाम अनुसार बानियँले १७७ मत पाएका छन् । उनका प्रतिस्पर्धी रमेशध्वज कार्कीले ८३ मत ल्याएका थिए ।

प्रदेश सभा क्षेत्र नम्बर १ खमा बानियाँ र कार्की प्यानलसहित चुनावी मौदानमा आएका थिए । निर्वाचनमा दलित प्रदेश प्रतिनिधिमा कृष्ण नेपाली र अल्पसंख्यकबाट सविन भट्टराई भने निर्विरोध भएका थिए । अन्य प्रतिनिधिहरुको भने मत गणना भइरहेको निर्वाचन अधिकृत रामकुमार अधिकारीले बताउनुभयो ।