रक्तदान गर्दै युवा समिति मकवानपुरका अध्यक्ष शिवहरी दाहाल (बाँया) र सञ्चारकर्मी सुमन दाहाल (दाँया)

हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भएको छ । दसैपछी रक्तदान कार्यक्रम नभएकोले रक्तसंचार केन्द्रमा रगतको अभाव भएको केन्द्रका प्रमुख टंक दाहालले बताउनुभयो । उहाँका अनुसार आज बिहान अकास्मिक रुपमा रक्तसंचार केन्द्र हेटौंडामा रक्तदान भएको छ ।

रक्तसञ्चार केन्द्रको आकस्मिक रक्तदाताको सूचिमा रहनुभएका नरेन्द्र भण्डारी बिहीबार रक्तदान गर्नुहुँदै ।

१० जनाले रक्तदान गरेको उहाँले बताउनुभयो । अझै पनि एबी गु्रपको रगत पाइएको छैन । सबै समुहको रगत अभाव भएसँगै रक्तसंचार केन्द्रमा रक्तदान गर्न पाइने भएको छ । आज बिहान देखि साँझसम्म खुल्ला रुपमा रक्तदान गर्न चाहनेले रक्तसंचार केन्द्र हेटौंडाको राप्तीरोडमा भएको शाखामै गएर रक्तादन गर्न सक्नेछन् ।

रगत अभाव भएको जानकारी आएसँगै व्यवसायी नरेन्द्र भण्डारीले ३९ औं पटक रक्तदान गर्नुभएको छ । जीवन दान रक्तदान भन्दै रगत दान गर्न सम्पूर्णलाई उहाँले आग्रह गर्नुभएको छ । रगत हरेक ३ महिनामा परिवर्तन भइरहने हुँदा शरीरमा खेर जाने रगतलाई कसैको जीवन बचाउन दिन उहाँले आग्रह गर्नुभयो । स्वस्थ्य रहन रक्तदान गर्नुपर्ने उहाँको भनाई छ ।