वन विज्ञान क्याम्पस परिसरमा भेटिएको शव ।

हेटौंडाः हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पस परिसरमा एक जना पुरुषको शव भेटिएको छ । शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।

३५–४० वर्षको व्यक्ति हुनसक्ने अनुमान प्रहरीको छ । शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरी प्रवक्ता रिमालले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।