घनघोर जंगलमा
भएको हो हाम्रो भेट
तिर्खाएको थिएँ म
उस्तै थियौ तिमी
मेट्यौं प्यास तत् क्षण !
बर्गिय लडाइँ लड्ने
बाचा थियो हाम्रो
बिडम्बना ! उड्यौ तिमी छोडेर
कृतिमताको वासना खोज्दै
मैले फेरि चढ्नु पथ्र्यो उकालो
चढेँ चिप्लदैँ र लड्दै भिरपाखा
लगाउँछु बेलाबेला
तिमी पट्टी नजर
कता हो कता तिमी
देखिन छोड्यौ क्षितिजसम्म पनि
र त भन्छु म
आऊँ अब नराखौँ धितोपत्र
तिम्रो र मेरो बाचाको
म एक्लै भिरपाखामा
घेराबन्दी छिचोल्दै
विजय हुन्छ या पराजय
धृष्टता नराखौँ अब
विजयमा तिम्रो हातको टीका
र पराजयमा तिम्रो कुटिल अर्ति
त्यसैले आऊँ प्रिय ,
फेरि तिमी र म
गरौं अर्को वाचा
निस्चय नै
तिमी –म अब छुट्नुपर्छ ।