सांकेतिक तस्वीर ।


हेटौंडाः मकवानपुरको हेटौंडा–११ नवलपुरस्थित यात्रुबाहक बस र ट्रक ठोक्किदा मृत्यु भएका २ जनाको पहिचान खुलेको छ । पहिचान खुल्नेमा ना ७ ख ८७६ नम्बरका बस चालक काठमाडौँको चन्द्रगिरी–२ का २९ बर्षीय सरोेज परियार र धुनषा जिल्ला औराही गाउँपालिका–३ का २४ बर्षीय सोेभित सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

गए राति १२ बजेर ३० मिनेटमा सयममा पुर्व–पश्चिम सडकखण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २–०३००१ ख ५०३५ नम्बरको खाली ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको थियोे ।

दुर्घटनामा अन्य १९ जना घाइते भएका थिए । घाइतेहरुको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको प्रहरीको निगरानीमा उपचार भइरहेको छ । बुधबार हेटौंडाको चुरेहिल अस्पतालमा उपचारत ४ जन घाइतेहरु डिस्चार्ज भएका छन् ।