हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा विद्युत नपुगेको ठाउँका घरपरिवारलाई सोलार सेट वितरण गरिएको छ । मंगलबार बागमती–२ का ४० घरपरिवारलाई निशुल्क सोलार सेट वितरण गरिएको हो ।
प्रत्येक घरपरिवारलाई २०–२० वाटका २ वटा गरि ४० वटाको सोलार सेट वितरण गरिएको बागमती गाउँपालिका छैँठो अधिकृत सुधन लामिछानेले बताउनुभयो । ६ वटा चिम बत्ती बाल्न सकिने सोलार सेटका साथै प्रति घरपरिवारलाई ४ वटा चिम वितरण गरेको छ । वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको बजेट तथा बागमती गाउँपालिकाको समन्वयमा निशुल्क सोलार सेट वितरण गरिएको हो ।
विद्युत सेवा विस्तार नभएका ठाउँमा सोलार सेट वितरण गरिएको हो । अब विद्युत सेवा विस्तार नभएको अन्य केही वडाका घरपरिवारलाई सोलार सेट वितरण गर्न बताइएको छ । बागमतीका १ सय ५० घरपरिवारलाई निशुल्क सोलार सेट विस्तार गर्ने तयारी रहको पनि अधिकृत लामिछानेले बताउनुभयो ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा सोलार विरतण गरिएको हो ।