खाद्यान्न वितरण गर्नुहुँदै बाल हेल्पलाइन मकवानपुरका संयोजक झवीन्द्र ज्ञवाली ।

हेटौंडाः बाल हेल्पलाइन मकवानपुरले हेटौंडा—५ र ८ का असहाय तथा आर्थिक अवस्था कमजोर भएका १२ जनालाई सहयोग गरेको छ । बुधबार ५ नम्बर वडाका १० जनालाई र ८ नम्बर वडाका २ जनालाई खाद्यान्न सहयोग गरिएको बाल हेल्पलाइन मकवानपुरका संयोजक झवीन्द्र ज्ञवालीले बताउनुभयो ।

३ हजार रुपैयाँ बराबरको चामल, तेल, गेडागुडी, मास्क, साबुनलगायतका सामग्रीहरु सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।