हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाको ५ नम्बर वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । एक करोड रुपैयाँको लागतमा निर्मित साढे दुई तल्ले भवनको बुधबार मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले उद्घाटन गर्नुभएको हो ।
गाउँपालिकालाई संघीय सरकार अनुदान प्राप्त बजेटबाट भवन निर्माण गरिएको हो । यसअघि वडा कार्यालयको आफ्नै भवन थिएन । कार्यक्रममा संविधानसभा सदस्य राजाराम स्याङ्तानलगायतको उपस्थिति रहेको थियो ।