हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत बार्षिक कार्यक्रमअन्र्तगत् मेशिनरी सामग्री र उन्नत जातको बाख्रा वितरण गरेको छ । मंगलबार ५ लाख रुपैयाँ बराबरको मेशिनरी सामग्री र बाख्रा वितरण गरेको दलित उत्थान समितिका अध्यक्ष राजीव परियारले बताउनुभयो ।
दलित उत्थान समितिको आयोजनामा भएको कार्यक्रममा १० वटा मेशिनरी सामग्री र १६ वटा उन्नत जातको बाख्रा वितरण गरिएको परियारले जानकारी दिनुभयो । स्टेशनरी सामग्री माग गरिएको एक जनालाई पनि स्टेशनरी सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । २०७६ सालदेखि कार्यक्रमलाई निरन्तरता दिइएको छ ।