हेटौंडा : हेटौंडा – १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट आइतबार २२ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।
१२ जना महिला र ९ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
कोरोना परिक्षणको लागी आइतबार स्वाब सङ्कलन गराएकाहरुको कोरोना परिक्षणको रिपोर्ट सोमबार दिउँसो २ बजे आउने उहाँले बताउनुभयो ।