हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको नवौं अधिवेशनको बैठक डाकिएको छ । प्रदेश सभाको सचिव कृष्णहरी खड्काले असोज २४ गते दिउँसो ३ बजेको लागि बैठक बोलाइएको जानकारी दिनुभयो ।
यसअघि बागमती प्रदेशको मन्त्रिपरिषद्को निर्णयले बुधबार प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई प्रदेश सभा आह्वान गर्न सिफारिस गरेको थियो ।