हेटौंडाः मकवानपुरमा चाडपर्वको लक्षित गरेर प्रहरीले हेल्प डेस्क सञ्चालन गरेको छ । मकवानपुरमा मंगलबार हेटौंडा–१० स्थित, बसपार्कमा हेल्प डेस्क सञ्चालन गरेको हो ।

चाडपर्वको समयमा मानिसहरु एक स्थानबाट अर्को स्थानमा आवतजावत बढी गर्नुपर्ने, यातायात व्यवसायीहरुले यात्रुसँग चर्का भाडा असुली गर्ने, चोरी हुने भएकोले हेल्प डेस्क सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरमा प्रहरीले केही अर्को स्थानमा पनि हेल्प डेस्क स्थापना गर्दैछ ।