सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा सोमबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४६ जनामा गरिएको पीसीआर परिक्षणमा ७ जनामा र एन्टिजेन विधिबाट १९ जनाको परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कारोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ७ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छन् । यो सँगै जिल्ला हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार २ सय ६४ जना पुगेको छ । जिल्लामा यहि अवधिमा ३ जना कोरोना संक्रमण मुक्त भएका छन् । संस्थागत आसोलेसनमा बसेका २ जना र होम आइसोलेसन बस्ने १ जना कोरोना संक्रमण मुक्त भएका हुन् । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १४ हजार ९ सय १० जना पुगेका छन् ।

जिल्लामा हाल १ सय ३९ जना कोरोना संक्रमणका सक्रिय संक्रमितहरु रहेका छन् । जसमध्ये १ सय ३२ जना होम आइसोलेसन र ७ जना संस्थागत आइसोलेसनमा उपचारत छन् । जिल्लामा यहि अवधिमा जिल्ला कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–९ की ६९ बर्षीय महिला रहेको छ । यो सँगै जिल्लामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १ सय ६५ जना पुगेका छन् ।