हेटौंडाः हेटौंडा–९ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा कार्यरत ३० बर्षीय समशेर बानियाँ मृत फेला परेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२१ का बानियाँ सोमबार बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेको होे ।
हेटौंडा आद्योगिक क्षेत्रको बिस्कुट फ्याक्ट्रिमा कार्यरत मृत बानियाँको शव पोष्टमार्टमका लागि हेटौैंडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयोे । उहाँका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।