हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले विद्यालयलाई पाँच लाख रुपैयाँको मास्क र सेनिटाइजर वितरण गरेको छ । ५ महिनापछि भदौ २७ गतेबाट मकवानपुरकां विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको थियो । सबै विद्यालयका विद्याथर्लीले स्वास्थ्य मापदण्ड पालना गर्न सकोस् भन्ने उद्देश्यले मास्क र सेनिटाइजर दिएको हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो ।
उपमहानगरभित्र ७७ वटा सामुदायिक र ४६ वटा संस्थागत विद्यालय रहेका छन् । रिमालका अनुसार विद्यार्थीका लागि मास्क अति आवश्यक भएकाले विद्यालयका शिक्षक तथा प्रतिनिधिहरुलाई बोलाएर स्वास्थ्य सामग्री दिएको उहाँले बताउनुभयो । उपमहानगरभित्र ३५ हजार ७ सय १० जना विद्यार्थी भर्ना भएका छन् ।