हेटौंडा : हेटौंडा –१० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट मंगलबार २९ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।
१५ जना महिला र १४ जना पुरुषको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागी हेटौंडा अस्पतालको पिसीआर प्रयोगशालामा पठाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । मंगलबार कोरोना परिक्षणको लागी स्वाब सङ्कलन गराएकाहरुको कोरोना परिक्षणको रिपोर्ट बुधबार दिउँसो २ बजे आउने उहाँले बताउनुभयो ।