हेटौंडाः मकवानपुरको नवसर्जक साहित्य चौतारी नेपालले शनिबार प्रदेश–१ स्तरीय बालकवि गोष्ठीको आयोजना गरेको छ । नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रशन्ना चौलागाईको सभाध्यक्षता तथा मिश्र वैजयन्तीको प्रमुख आतिथ्यमा भर्चुअल माध्यमबाट कार्यक्रम भएको हो ।
नवसर्जक साहित्य चौतारी नेपालका परिकल्पनाकार दीपक गौतमले सयौंको संख्यामा अनलाइन प्रशिक्षणमा जोडिन सहयोग पुग्ने बताउनुभयो । त्यसैगरी अन्तर्राष्ट्रियस्तरमा समेत आफ्न कला देखाउन स्थान प्रदान गरिने गौतमले बताउनुभयो ।
कार्यक्रममा साहित्यकार टीका आत्रेय र रमेश शुभेच्छु, झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक रमेशमोहन अधिकारी, नवसर्जक साहित्य चौतारीका सचिव समर्पण न्यौपाने र उपाध्यक्ष बिभूती अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश १ का बालकवि लगायत उपस्थित सम्पूर्णले रचना वाचन गरेका थिए ।