हेटौंडाः नेपाली कांग्रेस मकवापनुरगढीको सभापतिमा राजबिर मोक्तान विजयी हुनुभएको छ । शनिबार भएको गाउँपालिका अधिवेशनको निर्वाचनमा मोक्तान ८७ मत प्राप्त गर्दै विजयी बन्नुभएको हो ।
प्रतिस्पधी अर्जुन दाहालभन्दा ३७ बढी मत मोक्तानले पाउनुभएको थियो । यस्तै उपसभापतिमा थवनाथ घिमिरे र सुशीला फुँयाल निर्वाचित हुनुभएको छ । अन्य पदाधिकारी भने सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत टिका दाहालले जानकारी दिनुभयो ।